• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

  • खबरदाता

जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

पुस ३, २०८०

काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनले भने, कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ, उनले भने ।

उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने रु महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने रु भन्ने बारेमा पनि छलफल भइरहेको बताए ।

‘छलफलको केन्द्रविन्दु केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने रु निर्वाचनको विधि कसरी गर्ने ? प्रत्यक्ष निर्वाचन गर्ने कि महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रीय परिषद् छानेर, केन्द्रीय परिषद्ले केन्द्रीय कमिटीको निर्वाचन गर्ने, केन्द्रीय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो कि रु भन्ने छलफल भइरहेको छ, उनले भने, संगठनको संरचनालाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौं । यो विषयमा पनि कसरी अघि बढ्न र सबै खालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’

  • प्रकाशित मिति : पुस ३, २०८०, मंगलवार १९:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८