• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

३९६ किलो गाँजा बोकेको ट्रकसहित भरतपुरबाट दुई भारतिय पक्राउ

  • खबरदाता

३९६ किलो गाँजा बोकेको ट्रकसहित भरतपुरबाट दुई भारतिय पक्राउ

पुस ३,२०८०

 

भरतपुरबाट ३९६ किलो लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही प्रदेशको जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने बर्ष ३७ को राजपाल सिंह रहेका छन।

चितवन प्रहरीले जनाए अनुसार मंगलबार बिहान ५ बजेको समयमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको जेएच ०२ डब्लु ९६३१ नम्बरको भारतिय ट्रकबाट उक्त परिणामको गाँजा बरामद गरिएको हो।

निजहरुले उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई प्लास्टिकले बेरेर २८ वटा पोकामा लुकाइछिपाइ गाँजा ल्याएको प्रहरीको भनाइ छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नजाएको छ।

  • प्रकाशित मिति : पुस ३, २०८०, मंगलवार १९:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८