पुस ३, २०८०
अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा परेको छ । डेलावायर राज्यस्थित विल्मिङटन शहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडी दुर्घटनामा परेको हो ।
राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिँदा राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा परेको हो।
दुर्घटनास्थलबाट राष्ट्रपति बाइडेन ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतार(हतार अर्को गाडीमा राखेका थिए । राष्ट्रपति बाइडेन सुरक्षित रहेको बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८