• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

  • खबरदाता

माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

मंसिर ३०,२०८०

 

मोटरसाइकल दुर्घटना हुँदा माडीमा एक जनाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार माडीको गर्दी गाउँमा भएको दुर्घटनामा माडी २ का जीवलाल लुईंटेलको मृत्यु भएको हो । उनी माडी २ का वडा सदस्य हुन।

शनिवार साँझ करीब ६ बजेको समयमा माडी नगरपालिका(१ गर्दीमा बाइकलाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको हो ।

बा.प्र. ०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट बरुवातर्फ आउँदै गरेका लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गाइरहेको सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ।

ठक्कर दिएको सवारी साधन ट्रयाक्टर हुनसक्ने माडी प्रहरीको अनुमान छ । ठक्कर दिने सवारी साधनको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको हो । दिवंगत लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : मंसिर ३०, २०८०, शनिवार २०:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८