• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • खबरदाता

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

मंसिर ३०, २०८०

 

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।

मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका(२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर ३०, २०८०, शनिवार १३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८