मंसिर ३०, २०८०
दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
गएराति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा घाइते भएका प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु मामा भान्जा हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका– ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८