• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ई-क्यान चितवनमा भट्टराईको नेतृत्व

  • खबरदाता

ई-क्यान चितवनमा भट्टराईको नेतृत्व

मंसिर ३०,२०८०

 

भरतपुर – नेपाल शैक्षिक परामर्श संघ(ई-क्यान) चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् ।

शुक्रबार शाखाको १२ औं साधारण सभा तथा ७ औँ अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

सो अधिबेशनबाट उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा सुजनथापा क्षेत्री र कोषाध्यक्षमा लक्ष्मण कंडेल चयन भएका छन।

यस्तै सदस्यहरुमा मेघराज कंडेल, सन्तोष लोहनी, उज्वल आचार्य र  टंक प्रसाद ओझा चयन भएका हुन्।

इ- क्यान चितवन शाखामा ५८ सदस्य संस्था रहेका छन भने निर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ।

  • प्रकाशित मिति : मंसिर ३०, २०८०, शनिवार ०८:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८