• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

सहभागी सहकारीको ५ औं अधिबेशन, भक्तिरामको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • खबरदाता

सहभागी सहकारीको ५ औं अधिबेशन, भक्तिरामको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मंसिर २९,२०८०

 

सहभागी वचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको ११ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ।

शुक्रवार भरतपुरमा सम्पन्न अधिबेशनले भक्तिराम गौतम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम प्रसाद दाहाल ,सचिबमा ईश्वर कंडेल र कोषाध्यक्षमा बिकाश शर्मालाई चयन गरेको छ।

यस्तै अन्य सदस्यहरुमा क्रमश ऋषिराम पौडेल ,गोबिन्द आचार्य ,रेखा पौडेल र चन्द्र कला पाण्डे रहेका छन।

उक्त भेलाले संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा मोतिकुमार श्रेष्ठ र सदस्यहरुमा अमर बुढाथोकी र बिनोद कुमार आचार्यलाई सर्बसम्मत चयन गरेको छ।

भरतपुर महानगर वडा नम्बर ९ कि कार्यबहाक अध्यक्ष कोपिला दुरा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको बिशिस्ट अतिथिमा सहकारी तथा रोजगार प्रबर्द्धन महाशाखाकि प्रमुख रोजि केसि रहेकी थिइन।

संस्थाका अध्यक्ष डासिराम ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिब गोबिन्द प्रसाद आचार्यले गरेका थिए।

उक्त साकोसमा करिब एक हजार सेयर सदस्य रहेका छन। कार्यक्रममा विभिन्न बिधामा रहेका सेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो।

  • प्रकाशित मिति : मंसिर २९, २०८०, शुक्रवार २०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८