• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

मंसिर २३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

मंसिर २३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

मंसिर २३, २०८०

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंसिर २३ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ९ तारिख शनिबार मार्गशीर्ष कृष्ण पक्षको द्वादशी तिथि चित्रा नक्षत्र ९ः३७ पर स्वाती नक्षत्र शोभन योग कौलब करण आनन्दादिमा काण योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा भयो र सूर्यास्त सांझ १७ः७ बजे हुनेछ । द्विपुष्करयोग ९ः३७ बजेसम्म ।

आजको राशिफल

मेष – विभिन्न अवसरले पछ्याउनेछन् । अप्ठ्यारा काममा सहयोगीहरूको साथ पाइनाले चुनौती घट्नेछ । व्यापार–व्यवसायमा फाइदा होला । तपाईंका कामले अरूलाई आकर्षित गर्न सकिनेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि भएपनि समय केही चुनौतीयुक्त छ । काममा फुकी–फुकी कदम चाल्नु हितकर होला । अभिव्यक्तिको गलत अर्थ लाग्नाले विवादमा परिने योग छ, सचेत रहनुहोला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि, सामाजिक कार्यबाट प्रतिष्ठा मिल्नेछ योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । तर, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । कमी(कमजोरीलाई सुधार गर्न चाहेमा सफलता मिल्ने समय छ । आँट साहस पराक्रम बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । दायित्व या कर्मप्रति मन जाला । नियमित कार्यमा सहजता उत्पन्न भइ काममा उत्साह थपिनेछ । खर्च केही बढ्ला, तर त्यसको सदुपयोग भइ सन्तोष मिल्नेछ । मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानी वृद्धिका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – अनुकुलता र पराक्रम बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ भने रोकिएका काम बन्नेछन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । यात्रा गर्नुहुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्छ, सावधान रहनुहोला । मौसमी रुघाखोकीबाट विशेष सजगता अपनाउनु हितकर होला । अरूका काममा समय खर्चनुपर्ने योग छ । हतारको निर्णयले धोका हुनेछ, तसर्थ सोचसमझका साथ कार्य अघि बढाउनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । आरोग्यता बढ्नेछ । सन्तानपक्षको सुख प्राप्त हुनेछ । यात्र सफल होला ।

तुला – समय शुभदायी छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट होला । काममा अलिक प्रतिस्पर्धा भने गर्नुपर्ने देखिन्छ । कठिन कार्यमा पनि कोशिस गर्दा सफलता मिल्ने समय छ । सुख वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । आजको दिन खर्च भने केही बढ्ने योग छ । कठोर मितिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यापार(व्यवसायमा विशेष लाभ मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । आयआर्जन भए पनि चोटपटकको योग रहेकोले विशेष सजगता अपनाउनुहोला । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आकस्मिक खर्च बढ्ने तथा घरायसी समस्याले सताउन सक्ने समय छ । कामको चाप पनि बढ्ने र अर्थ अभावले सताउन सक्ने हुँदा मनमा चिडचिडाहट बढ्न सक्छ । धैर्यताका साथ काम गरे चुनौती पन्छिनेछन् । कुनै महत्वपूर्ण योजना छन् भने आजको लागि थाती राख्नु नै हितकर हुनेछ । विवादबाट बच्ने प्रयास गर्नुहोला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कुम्भ – काममा चुनौती बढ्ने समय छ । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । खर्च बढ्नुका साथै आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय रहेकोले विशेष सजगता अपनाउनु हितकर होला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । आरोग्यबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दौडधुप बढ्नेछ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । फलदायी यात्रा हुन सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुखविलास पनि बढ्नेछ ।

  • प्रकाशित मिति : मंसिर २३, २०८०, शनिवार ०७:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८