• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

भरतपुरमा भएका छुट्टाछुट्टै मोटरसाकल दुर्घटनामा दुइको मृत्यु, ३ घाइते

  • खबरदाता

भरतपुरमा भएका छुट्टाछुट्टै मोटरसाकल दुर्घटनामा दुइको मृत्यु, ३ घाइते

मंसिर २२, २०८०

 

चितवन – भरतपुरमा भएका छुट्टाछुट्टै दुर्घटना २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार शुक्रवार बिहान ११:५० बजेको समयमा भरतपुर- १८ को गुन्जनगरमा ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको हो।

भरतपुर – १९ बस्ने बर्ष ३५ की सरस्वती गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा १२:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार चालक चितवन भरतपुर १८ बस्ने बर्ष ३० को आइत सिंह घर्ती र पछाडि सवार निजको श्रीमति बर्ष २६ की सुसिला घर्तीको मध्यम अबस्थामा उपचार भइरहेको छ।

यस्तै बिहीवार साझ ७ :३० बजेको समयमा भरतपुर २८ को अन्द्रौलि स्थितमा गोलाघाटवाट बा.प्र-०६-०१ प ३४७६ नं.को मो.सा. अनियन्त्रित भई दुर्घटना हुदा मो.सा.मा सवार भरतपुर २८ बस्ने बर्ष ४८ को रण बहादुर बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा सोही राती ११:५५ बजे मृत्यु भएको थियो।

सोही मोटरसाइकलका चालक भरतपुर २७ बस्ने बर्ष २७ को राजन मल्लको मध्यम अबस्थामा उपचार भइहेको छ।

  • प्रकाशित मिति : मंसिर २२, २०८०, शुक्रवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८