मंसिर २१, २०८०
उच्च अदालत पाटनले खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बिक्री भएका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नरनगराउन कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको नाममा बिहीवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने या नपर्ने भन्ने विषयमा २५ गते छलफलमा उपस्थित हुन अदालतले भनेको छ । एनसेलको बिक्री रोक्न माग गर्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
मलेसियन कम्पनी आजियाटाले बेचेको एनसेलको शेयर सतिशलाल आचार्यको कम्पनीले किनेको थियो ।
एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले बिहीवार नै पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वका उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८