• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिकटक बन्दविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ

  • खबरदाता

टिकटक बन्दविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ

मंसिर १९, २०८०

सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । यस सम्बन्धका चारवटा मुद्दाको आज एकैपटक पूर्ण सुनुवाइ हुन लागेको हो ।

यसअघि ५ मंसिरमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ मंसिरभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

२७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ ।

टिकटक प्रतिबन्ध लगाउने रकारको निर्णयमा नेपाली समाज विभक्त छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०८०, मंगलवार १०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८