• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुसी सेनामा संलग्न ६ नेपाली युवाको मुत्यु, क्षतिपूर्ति माग

  • खबरदाता

रुसी सेनामा संलग्न ६ नेपाली युवाको मुत्यु, क्षतिपूर्ति माग

मंसिर १९, २०८०

रुसी सेनामा संलग्न ६ जना नेपाली युवाको लडाइँको क्रममा मृत्यु भएको छ । रुस र युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता उपसचिव ऋषिराज आचार्यका अनुसार मृत्यु भएकाहरुको शव यथासक्य छिटो नेपाल ल्याउन पहल भइरहको छ । र, मन्त्रालयले रुस सरकारसित आवश्यक राहत पनि माग गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ६ जना नेपाली युवाको मृत्यु भएको पुुष्टि गरेको हो ।

मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका-६, दोलखाका राजकुमार कार्की, बाणगंगा-१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलिया रहेका छन् ।

सहप्रवक्ता आचार्यका अनुसार मृतकको शव नेपाल पठाउन र आवश्यक क्षतिपूर्ति दिन रुस सरकारसँग परराष्ट्र मन्त्रालयले माग गरेको छ ।

ज्ञातव्य छ, नेपालबाट बिचौलियाको माध्यमले मानवतस्करी भइ ती युवा रुससम्म पुगेका हुन् । युरोप प्रवेश गराएर मानवतस्करले युद्धग्रस्त देशमा नेपाली युवाहरू पुऱ्याउने गरेको प्रहरीको मानव बेचबिखन ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले  बताए ।

  • प्रकाशित मिति : मंसिर १९, २०८०, मंगलवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८