• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको सचिवालय बैठक बस्दै

  • खबरदाता

एमालेको सचिवालय बैठक बस्दै

कात्तिक २२, २०८०

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ । तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

केन्द्रीय कमिटी बैठकले ‘यूएमएल क्याराभान’नामक अभियानको समय तोक्ने बुझिएको छ । अभियान अन्तर्गत एमाले नेता कार्यकर्ताहरूले मेची–महाकाली १८ सय ७९ किमी यात्रा गर्ने छन् ।

जसअन्तर्गत जनपरिचालन, जनसभालगायतका गतिविधि गर्ने एमाले नेताहरूले जनाएका छन् ।

  • प्रकाशित मिति : कात्तिक २२, २०८०, बुधवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८