• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • खबरदाता

जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कात्तिक २१, २०८०

 

चितवन। बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो । जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन घरहरु भत्किएका छन् ।

यता बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । त्यतिबेला ४.४ म्यग्निुच्युडको भूकम्प गएको थियो । तर, बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटक पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

  • प्रकाशित मिति : कात्तिक २१, २०८०, मंगलवार १४:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८