कात्तिक १८, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्प कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुस्ख लागेको बताएका हुन्।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ। भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन्।
यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८