• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

गोली प्रहारबाट घाइते प्रिन्सिपलको मृत्यु

  • खबरदाता

गोली प्रहारबाट घाइते प्रिन्सिपलको मृत्यु

कात्तिक १३, २०८०

 

गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।

उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले  जानकारी दिए।

शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए।

स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक १३, २०८०, सोमवार १५:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८