असोज १४, २०८०
काठमाडौं- नयाँबानेश्वरको शान्तिनगरस्थित पुलबाट बाइक तल खस्दा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान करिब ५ बजे शान्तिनगरस्थित निर्माणाधीन पुलबाट बाइक खस्दा एक जनाको ज्यान गएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते एक जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा यतिबेला प्रहरी पुगेर पुलको तल खाडलमा खसेको बाइक निकालेको छ।
दुर्घटनामा घाइते र मृतकको अझै सनाखत हुन सकेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८