[ फाेटाे : फाइल ]
असोज १४, २०८०
बागलुङबाट पोखरा आउँदै गरेको जिप तीन जना यात्रुसहित बाढीले बगाएको छ।
शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिप बगाएको प्रहरीले जनाएको छ।
पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुषालका अनुसार बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए। बाँकी दुई जना बाटोबाट चढेका डिसपी भुषालले बताए। चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ।
चालकले दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो। जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो। त्यति बेलासम्म यात्रु जिपमै रहेको उनले बताएका छन्।
घटनालगत्तै उद्धारमा खटिएका डिएसपी भुषालका अनुसार अहिले पनि यात्रुको खोजीकार्य जारी छ जिप भने तमादी खोला र मोदी खोलाको दोभानमा भेटिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८