• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

  • खबरदाता

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

असोज ८, २०८०

 

दाङ- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान कपुरकोट गाउँपालिका- ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो। मृत्यु भएका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज ८, २०८०, सोमवार ०७:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८