• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

बारामा बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

  • खबरदाता

बारामा बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

असोज ६ ,२०८०

बारा । बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो । लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज ६, २०८०, शनिवार २०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८