असोज २, २०८०
काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको सजाय मिनाहा गरेका छन् ।
मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले कैदीहरुको कैद मिनाहा गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि लागु हुने गरी कैदीको कैद मिनाह गरेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।
राष्ट्रपति पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् । ‘भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बूसमेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा तीनजना गरी कुल जम्मा ६७० कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०-०५-२९ को बैठकको सिफारिसबमोजिम मिति २०८०-०६-०३ गतेदेखि लागु हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८