• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

  • खबरदाता

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

असोज १,२०८०

 

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।

  • प्रकाशित मिति : असोज १, २०८०, सोमवार २०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८