भदौ २३, २०८०
काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
आज बेलुका ५ देखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
दुई पक्षबीच सम्भावित झडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । अहिले अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।
“आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ,” उनले भने ।
कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८