• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

  • खबरदाता

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

भदौ- १८,२०८०

 

 

रुकुम – रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

खोलाले बगाएका मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको छ । बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।

  • प्रकाशित मिति : भदौ १८, २०८०, सोमवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८