• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पूर्व मन्त्री जोशीको बिगो ६३ करोडबाट एक करोडमा झारियो

  • खबरदाता

पूर्व मन्त्री जोशीको बिगो ६३ करोडबाट एक करोडमा झारियो

भदौ १७, २०८०

 

भदौ १० गते दायर भएको अभियोगपत्रमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री जोशीविरुद्ध ६३ करोड १० लाख रुपैयाँ बिगो माग गरिएको थियो। त्यसको पाँच दिनपछि सरकारी वकीलको कार्यालयले गल्ती भएको भन्दै बिगो एक करोड आठ लाख ७९ हजार ८१० रुपैयाँ मात्र बिगो कायम गर्न जिल्ला अदालत, काठमाडौंमा निवेदन दिएको हो।

जोशी बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठ ३ गतेदेखि २०६९ असोज २ गतेसम्म मन्त्री बनेका थिए। २०६९ असोज १८ गते भट्टराई सरकारले टिकिन्छा गुठीका नाममा जग्गा दर्ताका लागि स्विकृती दिएको थियो। यो निर्णयमा जोशी सामेल भएको भन्दै मुद्दा दायर गरिएको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारको अभियोगमा पनि प्रतिवादी बनाइएका थिए। विशेष अदालतले जोशीलाई सामान्य तारेखमा छोडिदिएको थियो। अख्यितारले दायर गरेको मुद्दा विचाराधीन छ।

ललिता निवासको सरकारी जग्गा हिनामिनामा ३१० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरू विरुद्ध कीर्ते कसूरमा मुद्दा दायर गरिएको हो।

  • प्रकाशित मिति : भदौ १७, २०८०, आइतवार २०:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८