भदौ- १३, २०८०
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणामा लिएको छ।
उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीले जानकारी दिए।
‘हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं,’ एसपी अधिकारीले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो।
राहुल आफैंले पनि सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालरमार्फत जानकारी दिएका थिए।
‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ महराले लेखेका छन्।
इलेक्ट्रोनिक भेप प्रकरणमा कृष्ण बहादुर महरालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८