भदौ- १३, २०८०
नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरुलाई साथी बनाई नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८