• असोज ६, २०८०, शनिवार Saturday, 23 September, 2023

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो

  • खबरदाता

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो

भदौ- १३, २०८०

 

रुपन्देही । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।

गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् ।

पहिरोमा च्यापिएका तीन जनालाई बाहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भइरहेको स्थानीयको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • प्रकाशित मिति : भदौ १३, २०८०, बुधवार ०९:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८