• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकार चलाउन ऋणमाथि ऋण

  • खबरदाता

सरकार चलाउन ऋणमाथि ऋण

भदौ ११, २०८०

 

काठमाडौँ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ ।

गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०र८१ को सुरुवातमै राजस्वले खर्च व्यवस्थापनमा अपुग भएपछि विकास ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो । आर्थिक वर्षको सुरुमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सरकार परेको छ । स्रोतमा चाप परेको कारण चालु आवको पहिलो महिना ९साउन० बाटै ऋण लिनुपरेको अर्थ मन्त्रालयका राजस्व सचिव डा। रामप्रसाद घिमिरेले बताए । गत वर्ष साउनमा ऋण उठाए पनि यो वर्ष साउनमै ऋण उठाउनुपरेको उनले बताए ।

आर्थिक वर्षको पहिलो त्रैमासमा पुँजीगत बजेट खासै खर्च नहुने भएकाले स्रोतमा दबाब नपर्नुपर्ने हो । तर राजस्व संकलन न्यून भई दायित्व बढेपछि सरकारलाई स्रोतको अभाव भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : भदौ ११, २०८०, सोमवार ०६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८