• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्याज निर्यातमा भारतको ४० प्रतिशत कर

  • खबरदाता

प्याज निर्यातमा भारतको ४० प्रतिशत कर

भदौ- ३, २०८०

 

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो ।

यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख छ ।

भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ । सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ । प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ ।

नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ । भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन ।

अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकेजी ६१ रुपैयाँसम्म छ । नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ ।

कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताए ।

नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको प्याज भारतबाट आयात गरेको थियो ।

  • प्रकाशित मिति : भदौ ३, २०८०, आइतवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८