• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

मकवानपुरमा खोलाले बगाएर १ जनाको मृत्यु

  • खबरदाता

मकवानपुरमा खोलाले बगाएर १ जनाको मृत्यु

साउन ३२, २०८०

 

मकवानपुरको राक्सिराङमा १ जनाको खोलाले बगाएर मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो । खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए ।

‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मंगलवार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्किनुभएको थियो,’ वडाध्यक्ष प्रजाले भने । बुधवार बिहान रेउती खोलामा स्थानीयले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले बताए ।

  • प्रकाशित मिति : साउन ३२, २०८०, बिहीवार २०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८