• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

संखुवासभाका जेलरविरुद्धनै पक्राउ पुर्जी ,असई चौधरी पक्राउ

  • खबरदाता

संखुवासभाका जेलरविरुद्धनै पक्राउ पुर्जी ,असई चौधरी पक्राउ

साउन – २८,२०८०

 

संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले उनीहरुका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएका मध्ये चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २८, २०८०, आइतवार २०:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८