साउन – २८,२०८०
भरतपुर – खराब मौसमका कारण प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड चितवननै रहेका छन।
प्रधानमन्त्री आइतबार बिहान चितवनबाट फर्किने तय भएपनि खराब मौसमका कारण उडान डिले हुँदा उनी अहिले सम्म भरतपुरमै रहेका हुन।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार गृह जिल्ला चितवन पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड पारिवारिक भेटघाट र आरामका लागि यहाँ आएका थिए। ।
श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन आएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनबाट फर्किएर मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय लिने बताइएको छ । प्रधानमन्त्री फर्किन ढिलाइ भएकै कारण मन्त्री हेरफेरबारे निर्णय लिन ढिलाइ भएको बताइएको छ ।
मौसम सफा हुनासाथ उनी काठमाडौं जाने तयारीमा छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८