• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक पक्राउ

  • खबरदाता

स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक पक्राउ

साउन २७, २०८०

 

 

गोलबजार । सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

बा१२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो ।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २७, २०८०, शनिवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८