साउन २५, २०८०
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन।
शर्मा विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत हुन्।
उनले केही दिनयता संसदमा र संसदबाहिर सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने भन्दै आएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८