साउन २५,२०८०
नेपालमा लायन्स क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर क्लष्टर नं ४ ले रिपोटिङ्ग प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सन १९७१ अगष्ट ९ का दिनमा लायन्स क्लब अफ बिरानगर स्थापना भएको थियो । सो क्लबको स्थापना नेपालका पुर्व प्रधमामन्त्रि मात्रृकाप्रसाद कोईरालाले गरेका थिए ।
लायनहरुले सामाजिक क्षेत्रमा धेरै काम गर्ने गरेता पनि रिपोटिङ्ग नगर्दा लायन्स अन्तराष्ट्रिय तथा डिष्ट्रिक सचिवालयलाई एकातिर जानकारी नहुने र अर्को तर्फ क्लबहरुको मुल्याङ्कन गर्न कठिनाई हुने भएकाले अनुशिक्षण कार्यक्रम राखिएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले बताए ।
क्लष्टर आर अन्तर्गत २३ बटा क्लबका अध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरिएको थियो । सो तालिमको डिष्ट्रिक एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, दिपेन्द्र कुमार खतिवडा र निरज श्रेष्ठले सहजीकरण गरेका थिए ।
निर्वतमान डिष्ट्रिक लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि रहेको कार्यक्रममा डिष्ट्रिकका प्रथम भाईस गर्भनर दिनानाथ न्यौपाने, द्धितिय भार्ईस गर्भनर नवराज सापकोटा, ओमन अनररी सेल सदस्य रचना चुके, दुर्गालक्ष्मी श्रेष्ठ, एक्जुकेटिभ को(चिफ बालगोपाल चुके लगायतको उपस्थिती रहेको थियो । सो रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम क्लष्टर नं ४ का प्रमुख बिनिता नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८