साउन २४,२०८०
राष्ट्रिय स्वतन्त्र पार्टीले खडा गरेको र्यापिड एक्सन टिम ( आरएटी ) लाई नारायणगड मुग्लिन सडक खण्डमा सहजीकरण गर्न रोक लगाएको छ।
पहिरो गएको बेला नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकाल्दै कार्यालयको गम्भिर ध्यानाकर्षण जनाएको जनाएको हो।
जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर।ए।टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ध्यानाकर्षण जनाएको हो । प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ।
९रास्वपा० हिजो मङलबार जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा खटाएको आर।ए।टी नाम दिइएको एउटा ५० जना युवाहरु समूह परिचालन भएको थियो।
‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’
प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए। तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८