• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अपडेट : रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १९ घाइते

  • खबरदाता

अपडेट : रोल्पा बस दुर्घटनामा  ४ जनाको मृत्यु, १९ घाइते

साउन- २३,२०८०

 

बुटवल । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

घटनामा १९ जना घाइते भएको मगरको भनाई छ । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।

  • प्रकाशित मिति : साउन २३, २०८०, मंगलवार १६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८