• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा पनि सुजुकीका जिम्नि र फ्रोङ्सको बिक्रीवितरण सुरु

  • खबरदाता

चितवनमा पनि सुजुकीका जिम्नि र फ्रोङ्सको बिक्रीवितरण सुरु

साउन २२,२०८०

 

 

चितवन- नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोङ्सको बिक्री सुरु गरिएको छ।

आज एक कार्यक्रमका बिच भरतपुरमा सुजुकिको आधिकारिक बिक्रेता साध्वी इन्टरनेशनल प्रालिले उक्त गाडी सार्बजनिक गरेको हो।

नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले दुई मोडलका गाडीहरुको बुकिङ गत असार २९ देखि नै खुल्ला गरेको थियो ।

सुरुवाती मूल्य रू.५९ लाख ९९ हजारबाट र फ्रोङ्सको मूल्य रू.३९ लाख ९९ हजारबाट सुरु रहेको साध्वी इन्टरनेशनल प्रा।लि।का महाप्रबन्धक सुरजराज जोशीले जानकारी दिए।

यी मोडेलका गाडीको माग विश्वभर रहेको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभीहो जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फो ह्वील प्रणाली, एल ग्रिप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्रि लिंक रिजीड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२।६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

कार्यक्रममा चितवन अटोमोबाइल डिलर एशोसियनका अध्यक्ष राजन पियाले सरकारले अटोलाई बिलासिताको बस्तुमा वर्गीकरण गर्दा समस्या भएको बताए । सरकारले विलासिताको बस्तुमा गाडीहरुलाई राख्दा छिमेकी मुलुकमा भन्दा नेपालमा पाँच गुणासम्म महँगोमा उपभोक्ताहरुले गाडी खरिद गर्नुपरेको गुनासो गरे ।

  • प्रकाशित मिति : साउन २२, २०८०, सोमवार २१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८