• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

शंकर कंडेल आत्महत्या प्रकरण : थुनामा राख्ने आदेश पछि व्यव्सायी रुङ्गटा बेहोस, भरतपुर अस्पतालमा उपचार हुँदै

  • रासस

शंकर कंडेल आत्महत्या प्रकरण : थुनामा राख्ने आदेश पछि व्यव्सायी रुङ्गटा बेहोस, भरतपुर अस्पतालमा उपचार हुँदै

साउन १८,२०८०

चितवन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए । अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो ।

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए ।

कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए।

  • प्रकाशित मिति : साउन १८, २०८०, बिहीवार २०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८