• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियो सफाइ

  • खबरदाता

जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियो सफाइ

साउन- १७,२०८०

 

जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियो सफाइ
ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् ।

उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको हो। उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश बदर गर्दै विश्वकर्मालाई सफाइ दिएको हो ।

०७८ पुस १९ मा जिल्ला अदालतको आदेशलाई उल्टाउँदै उच्च अदालतले लालबहादुरलाई थुनामुक्त गर्न भनेको हो । जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । लालबहादुरलाई ७२ जनाले निर्दोष रहेको बकपत्र गरे पनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशअनुसार कारागार पुगेका थिए ।

उनलाई तीन करोड १४ लाख रुपैयाँ बिगोसहित ७० हजार जरिबाना र एक वर्ष ६ महिना कैद तोकिएको थियो ।

  • प्रकाशित मिति : साउन १७, २०८०, बुधवार ०५:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८