• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

  • खबरदाता

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

साउन -१४ २०८०

 

 

बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आइतबार बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको भए पनि अझै केही घण्टा लाग्न सक्ने दोभान प्रहरी चौकीले जनाएको छ।

 

अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। दुइवटा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ।

 

सुरूङ मार्गको रिब यसअघि नै पुरिएको थियो। आज बिहान पाँच बजेतिर थप पहिरो खसेको प्रहरीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : साउन १४, २०८०, आइतवार १०:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८