असार ३०,२०८०
काठमााडौँ। कृषिमन्त्री वेदुराम भुसालले कानुन मिचेर कालीमाटी र बालाजु तरकारी बजारका सटरको जिम्मा विचौलियालाई दिएका छन् ।
खुला प्रतिस्पर्धा छाडेर मन्त्री भुसालको सहमतिमा कालीमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल दुई वर्षका लागि नवीकरण गर्ने निर्णय कालीमाटी बजार समिति बोर्डले गरेको हो ।बजार विकास समितिका अध्यक्ष एवम् मन्त्रालयका सहसचिव मदन भुजेलले बजारको पसलको भाडामा वृद्धि गरिएको र दुई वर्षका लागि म्याद थप गरिएको बताए । जबकि, तरकारी बजारमा १५ वर्षदेखि विचौलियाको राज छ ।
०६५ मा वितरण भएको कालिमाटीको ५६६ र बालाजु तरकारी बजारको ५६ गरी ६२२ वटा पसलको करार सम्झौता असार मसान्तमा सकिँदै थियो । प्रतिस्पर्धाबाट किसान र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने थियो ।
बजारका पसल सटरहरु भाडामा लगाउने सम्बन्धी कार्यविधिले खुल्ला प्रतिस्पर्धाबाट मात्रै बजारमा किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा दिनु पर्ने उल्लेख छ ।स्रोतका अनुसारबजारको भाडामा रहेको सटर पुरानै व्यवसायीलाई नवीकरण गराउन चलखेल भएको छ । प्रतिपसल १५ लाखदेखि २० लाख रुपैयाँसम्म उठाइएको र यसबाट एक अर्ब चलखेल भएको ठानिएको छ ।
आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पनि कुन कानुनअन्तर्गत कालीमाटी तथा बालाजुका तरकारी पसलका सटरको २ वर्ष म्याद थपेको भन्दै मन्त्री भुसाललाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘म जान्न चाहन्छु कि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग यो कुन कानुनअन्तर्गत कालिमाटी बजारको म्याद थप्नुभयो रु ती सटरहरूको म्याद थप्नुभयो, त्यसलाई दुई वर्ष बढाउनुभयो ।
कुन कानुनअन्तर्गत रु के भएको हो हामी जान्न चाहन्छौँ।’ उनले पनि सटर भाडाको म्याद थप्दा करोडौँको चलखेल भएको दाबी गरे । बालाजुको कृषि बजारका सटरहरूका बारेमा पनि कृषिमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने साहको माग थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८