असार २९,२०८०
दलीय भागबण्डा, राजनीतिक व्यक्ति र लामो नियुक्ति प्रक्रियाका कारण ५ देशका कूटनीतिक नियोग राजदूतविहीन भएका छन् ।
सरकारले छिट्टै राजदूत नियुक्ति गर्ने बताए पनि अहिले न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोग तथा क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेतस्थित राजदूतावास राजदूतविहीन छन् ।
विदेशस्थित ३३ नेपाली राजदूतावास तथा नियोगमध्ये खाली भएका ती निकाय अझै केही समय राजदूतविहीन हुने भएका छन् । गठबन्धनभित्र भागबन्डा मिलिसकेको छैन ।
ती नियोगमा राजदूत बन्न परराष्ट्रबाट करियर डिप्लोम्याटका लागि राजपत्रांकित विशिष्ट श्रेणीदेखि प्रथम श्रेणीका कर्मचारीको दौडधुप देखिन्छ भने सत्ता गठबन्धन दलहरु परराष्ट्र बाहिरका आफ्ना पार्टी कार्यकर्ता, गठबन्धनभित्र भागबन्डा मिलिसकेको छैन ।
सम्भावित आलोचनाबाट बच्न सरकार करियर डिप्लोम्याट र राजनीतिक क्षेत्रबाट आधा आधा छनोट गरी राजदूत नियुक्त गर्ने तयारीमा रहेको परराष्ट्रमन्त्री एनपी साउद बताउँछन् ।
दलीय आधारमा राजदूत भागबण्डा गर्दा योग्य र क्षमतावान व्यक्ति पर्नेमा आशंका उत्तिकै हुन्छ । देशकै प्रतिनिधित्व गर्ने राजदूत नियुक्त गर्दा कूटनीतिक ज्ञान, क्षमता र सुझबुझलाई आधार बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
कूटनीतिका जानकारहरुका अनुसार राजदूत नियुक्ति गर्दा विदेशमा नेपालको छवि उच्च बनाउन तथा विदेशी लगानी भित्र्याउन पहल गर्ने योग्यता र क्षमता भएका व्यक्तिलाई मात्र प्राथमिकता दिनुपर्दछ । राजदूत भएर गएका केही व्यक्तिले देशलाई नै लज्जित गराउने विवादमा मुछिएर फिर्ता बोलाउनुपरेको सन्दर्भलाई हेक्का राख्नुपर्छ ।
राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय मामिला, सन्धि–सम्झौता र आर्थिक गतिविधि, आर्थिक नीति तथा मामिलामा गहिरो ज्ञान तथा अनुभव भएको, सम्बन्धित मुलुकसँगको सरोकारबारे गहिरो जानकारी राखेको व्यक्ति सामान्यतः राजदूतका लागि योग्य मानिन्छ ।
राजनीतिक नियुक्तिबाट राजदूत हुनेले कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने त्यो निर्देशिकाले व्यवस्था गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८