असार १५,२०८०
कोसी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले अब प्रतिपक्ष बन्ने पक्का भएको छ । एमाले संसदीय दलका नेतासमेत रहेकामुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने लगभग निश्ति भएको हो । यहाँ माओवादी र जसपाले सरकार छाडेपछि कार्कीको कुर्सी अल्पमतमा परेका थियो । तर, अल्पमतकै बेला उनले अध्यादेशमार्फत् बजेट ल्याए ।
विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले बिहीबारको संसद बैठकमा प्रस्ताव पेस पनि गरे । तर, दलको नेताहरू बोलिसकेपछि मुख्यमन्त्री कार्कीको बोल्ने पालो आएपछि भने सदन ३० मिनेटको लागि स्थगित गरिएको थियो । तर, बैठक बसेन । बरु कार्कीले शुक्रबारसम्मका लागि प्रदेशसभा बैठक स्थगन गर्न माग गरे । बैठक स्थगन गर्न माग गर्दै कार्कीले सभामुखलाई पत्र पठाएपछि सभामुख बाबुराम गौतमल शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
सभामुख गौतमले बिहीबार राति ८ बजे बस्ने भनिएको बैठक गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।२४ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । अहिले एमालेसँग राप्रपा संगै छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।
अर्को गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८