असार १५,२०८०
भरतपुर । भरतपुरको अर्बिट स्कुलले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसर पारेर सो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ३० विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा नारायणी पव्लिक स्कुलका सौरभी हमाल प्रथम भएकी छन् । सनराइज इङलिस स्कुलका अपराजिता थापा द्वीतिय, ग्रीन ल्याण्ड स्कुलका विदुशी कार्की तृतीय भएका छन् ।
प्रथम, द्वीतीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार नगद सहित ट्रफि र प्रमाणपत्र वितरण गरिएको विद्यालयका इन्चार्ज नारायण गौतमले जानकारी दिए । विजेताहरुलाई भरतपुर(५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारीले विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको बताए । ग्लोबल वार्मिङ र कृषिमा भएको असर शिर्षकमा विद्यार्थीले विचार राखेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८