• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते

  • रासस

बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते

असार १४, २०८०

 

बाजुरा – जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो। सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वर्षकै अर्का एक जना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रिसं बोहराले बताए।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। दुर्घटनामा परेका सवार व्यक्तिकोे ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ। दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार १४, २०८०, बिहीवार २०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८