• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ताप्लेजुङ पहिरो : बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार

  • खबरदाता

ताप्लेजुङ पहिरो : बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार

असार ९, २०८०

गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्।

शुक्रबार दिउँसोसम्म खोजी गर्दा पनि बेपत्ता परिवारलाई फेला पार्न नसकेपछि उनीहरुका आफन्तले कुशको शव बनाइ अन्त्येष्टी गरेका हुन्।

पहिरोमा परी मेहेले भालुखोपका ६३ वर्षिया भगिमाया बुढाक्षेत्री,उनकी बुहारी ३० वर्षिया सन्ध्या बुढाक्षेत्री र नाति ९ वर्षिय प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका छन्।

शुक्रबार बिहान सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतले पहिरोले बगाएको क्षेत्रमा संयुक्त खोजी कार्य गरेको थियो। पहिरोले बेपत्ता बनाएको दिनबाट नै खोजी कार्य जारी रहेपनि बेपत्ताहरुको अझै सम्म पत्तो लागेको छैन।

  • प्रकाशित मिति : असार ९, २०८०, शनिवार ०७:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८