• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जीप दुर्घटनामा मन्त्रीसहित तीनजना घाइते, हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

  • खबरदाता

जीप दुर्घटनामा मन्त्रीसहित तीनजना घाइते, हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

असार ५, २०८०

 

 

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् ।

उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका-१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

  • प्रकाशित मिति : असार ५, २०८०, मंगलवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८